जीवनशैली

ससुराले यौन शोषण गर्न नपाउदा बुहारीको हत्या,विमाको ठूलो रकम हुत्याउने दाउ



कपिलवस्तु १५ असार । कपिलवस्ुतकी सुस्मिताको आफैनै ससुराले यौन शोषण गर्न नपाएपछि भएको पुष्टि भएकोछ। यति मात्र होइन आफ्नै छोरोको दुर्घटनामा मृत्यू भएपछि विामाको ठूलो रकम हात पार्ने दाउमा परिवारका तीनजना मिलेर हत्या गरेको विवरण प्रहरीले सार्वजनिक गरेकोछ । गत असार २ गते कपिलवस्तुको वाणगंगा माइती भएकी सुस्मिता मकवानपुर  हेटौँडा उपहानगरपालिका वडा नम्वर ४ आफनै घरको भान्सामा मृत अवस्थामा फेला परेकी थिइन ।

     सोमवार जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता  थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी  सार्वजनिक गरेको छ । मृतक केसीको हत्यामा उनकै ५८ बर्षीय ससुरा प्रकाश थापा, २३ बर्षीया कान्छि नन्द सीता थापा, ५० बर्षीया सासु तुलसा थापा र २७ बर्षीया जेठी नन्द दुर्गा थापा संलग्न देखिएको मकवानपुर प्रहरीले जनाएको छ ।    थापालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छि नन्दले लाठि, लोरो लगायतले टाउकोमा हिर्काएर मारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

       जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौन दूर्व्यवहारको प्रयास समेत गरेको खुलेको छ । सोही कारण उत्पन्न विवाद र आर्थिक प्रलोभनका कारण उनको हत्या भएकोछ। अभियुक्तहरुलाई जन्मकैदको सजाँय माग गरिने प्रहरीले जनाएको छ ।हत्या गरिएकी सुस्मिताका श्रीमान छ महिना अघि सडक दुर्घटनामा परेर ज्यान गुमाएका थिए । 

प्रकाशित : १५ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६