बागमती

गोरखाका कोरोना संक्रमितको मृत्यु



गोरखा, २० असार । गोरखा अस्पतालमा  शुक्रबार राती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजे मृत्यु  भएको अस्पतालले जनाएको छ । 

        विज्ञप्तिमा ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । मृतक पुरुष असार १६ गते कतारबाट नेपाल फर्किएर १७ गतेदेखि पालुङटारस्थित जिवनज्योती माविको क्वारेन्टिनमा बसेका  थिए।

        शुक्रवार राती करिब १० बजे उनलाई कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो। उनी क्वारेन्टिनमा बसेकाले अन्य ब्यक्तीमा उनीबाट संक्रमण नफैलिएको हुँदा नआत्तिन र सचेत हुन पालुङटार नगरपालिकाले अनुरोध गरेको छ। नेपालमा १५ हजार २५९ जना कोरोना संक्रमित पुष्टि भएको छ भने ६ हजार १४३ जनाले कोरोना भाइरस जिति सकेका छन् ।

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६