बागमती

रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा



ललितपुर, २४ असार । रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्को साइतमा हुने जनाएको हो । 

        संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा  आज हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको छ”,  भनिएको छ ।  संस्थानले उक्त पत्रमा रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने व्यहोरा सरोकार पक्ष सबैमा जानकारीका लागि अनुरोध गरिएको भनी सूचना दिएको छ । 

        यसअघि रथारोहण साइत आजका लागि तोकिएकामा देशको समय र परिस्थितिका कारण मङ्गलबार नै स्थगन भएको सूचना दिई कार्यक्रम रोकिएको थियो ।  हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा काठमाडौँ उपत्यकाकै लामो जात्राका रुपमा लिइन्छ । (रासस)

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६