प्रदेश

कोभिड १९ कै बिच वाणगंगाको पुँजीगत खर्च ९० प्रतिशत



कपिलवस्तु २६ असार कोभिड १९ कै बिच वाणगंगाको पुँजीगत विकासको काम ९० प्रतिशत बढि भएको विवरण सार्वजनिक  भएको छ  । वाणगंगा नगरपालिकाको आयोजना एवं नेपाल पत्रकार महासंघको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका प्रतिनिधिद्धारा  यस्तो दाबी  गरिएको  हो । वाणगंगा नगरपालिकाले आ.ब.२०७६/०७७ मा प्रवाह गरेको  सेवाको वारेमा सचेतना गराउने, गुणस्तरीय सेवा, सेवाग्राहीको सन्तुष्टि तथा गुनासो, सर्वसुलभ पहुँच र सेवाग्राहीहरुको सहभागिता अभिबृद्धि, पूर्वाधारविकास, सेवापारदर्शी बनाउने जस्ता उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

    सार्वजनिक सुनुवाई कार्यक्रम कोभिड–१९ तथा लकडाउनको कारण भिडभाड नगरी  सामुदायिक रेडियो वुद्धआवाजमा प्रत्यक्ष रेडियो तथा टेलिभिज र अनलाइन बाट कार्यक्रम  संचालन गरिएको हो ।    कार्यक्रममा महासंघका सदस्य मनिष कार्किले नगरभित्र गरिएको बहिरगमन अभिमत र नागरिक अभिमत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नागरिकहरुले  विभिन्न प्रश्नहरु राखेका थिए । नागरिकहरुले राखेका प्रश्नहरुको जवाफ वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु , उपमेयर चक्रपाणी अर्याल  र प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले दिनु भएको थियो । पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले गर्नु भएको सहजिकरणमा जवाफदेहि निकायले जनसहभागितामा विकास निमार्ण गर्ने , कोभिड १९ बाट प्रभावितहरुलाई रोजगारी , सुशासन , सेवामा छिटो छरितो , सबै वडामा समान विकास , ढल निकासको उचित व्यवस्थापन , सडक सञ्जालहरुको स्तरउन्नती लगायतका काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

    

रेडियोवाट प्रत्यक्ष प्रशारण भएको सार्वजनिक सुनुवाइमा नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई , कपिलवस्तु उद्योग बाणिज्यसंघका अध्यक्ष उमानाथ पौडेल ,नागरिक अगुवा द्रोणराज सुबेदी,थारु अगुवा भग्गु थारु,महिला अधिकारकर्मी चेतना अधिकारी ,इन्दिरा भटराई दिना सुबेदी लगायतले विभिन्न जिज्ञासा राख्नु भएको थियो । 

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६