प्रदेश

प्रहरीलाई घुस दिदा अख्तियारको बास



दाङ २९ असार  । दाडमा प्रहरी कार्यालयभित्रै पुगेर प्रहरीलाई लागु औषध मुद्दा मिलाइदिन भन्दै घुस रकम दिन खोजेको आरोपमा दुईजना पक्राउ परेका छन् । लागु औषध ब्राउन सुगर बेचबिखन आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाइदिन भन्दै १ लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

        वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको मुद्दा मिलाइदिन भन्दै जबरजस्ती रकम दिन खोज्ने घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीका २७ वर्षीय गोविन्द शाह र प्युठानको स्वर्गद्वारी नगरपालिका–५ भिंग्री घर भई हाल लमही नगरपालिका–५ लमही बजार बस्ने ३० वर्षीय समिर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाइएको उहाँले वताउनु भयो । 

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६