गण्डकी

पहिरोमा परी पुर्व गाविस अध्यक्षको निधन २ घाइते,३ बेपत्ता



 स्याङ्जा ३० असार । स्याङ्जाको कालीगण्डकी गाउपालिकामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।

                पहिरोमा परेका बिर्घाकै हुमाकन्त पाण्डे र बुद्ध रानाकोउद्वार गरिएको छ। प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता रहेको वडाध्यक्ष पाण्डले जानकारी दिए।इमानसिंहको घट्ना स्थलमै मृत्यु भएको हो। घाइतेहरु बुद्ध र हुमकान्तको बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ।

               अन्य तीन जनाको खोजी कार्य भइरहेको अध्यक्ष पाण्डेले बताए। पानी परिरहेकोले उद्घार कार्यमा कठिनाई भइरहेको उनले बताए। घाइते हुमकान्त वडा नम्बर ४ का वडा सदस्य हुन्। मृतक इमानसिं पूर्वगाविस अध्यक्ष हुन्।

              गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले मंगलबार बिहान करिब करिब ८ बजेतिर पहिरोले पुरेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ। उद्वार कार्य जारी रहेको वडाध्यक्ष पाण्डले बताए।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६