बागमती

सलहको बगाल म्याग्दीका फाँटैभरि छपक्कै



म्याग्दी, ३१ असार । दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

        पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसानहरुले बताएका छन् । सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका  कृषक सागर खत्रीले  बताउनुभयो । ‘‘चार÷पाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ,’’ उहाले भन्नुभयो ‘‘भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात नष्ट गरेको छ ।’’

        बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै  ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताउनुभयो । बुधवार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

        पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । –रासस

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६