प्रदेश

राप्तीको राष्ट्रिय वनबाट चिरान काठसहित ११ पक्राउ



तुलसीपुर, १३ साउन राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका काठसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका–८ सुकुम्वासी गाउँका २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवाका १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जीव विक रहेका छन् ।

        उनीहरूको साथबाट १५ थान सालको चिरान काठसमेत बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभयो । उनीहरूले इलाका प्रहरी कार्यालय भालुवाङबाट गएका दुई प्रहरीमाथि कुटपिटसमेत गरेका थिए । उनीहरूको आक्रमणबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते हुनुभएको छ । पक्राउ परेकाहरूलाई वन पैदावर ओसारपसार कसुर अपराधअन्तर्गत कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६