प्रदेश

खीर खाएका २९ बिरामी, २ को अवस्था गम्भीर



पाल्पा १३साउन  पाल्पाको रामपुर नगरपालिका ७ मा खीर खाएका २१ जना गाउँले बिरामी परेका छन । रामपुर ७ मोहटीका ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसरमा खीर खाएका आफन्त सहित मोहटी र कठान गाउँका बासिन्दा बिरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ । मोहटी, कठान क्षेत्रका करिब २९ जना स्थानीय उपचारको लागि रामपुर अस्पताल आएको रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिनु भयो ।

        बिरामीमा टाउँको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने लगायतको समस्या देखिएको अस्पतालका सूचना अधिकारी कोइरालाले वताउनु भयो । रामपुर अस्पतालमा उपचार भएका २९ जना मध्ये १३ जनालाई थप उपचारको लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने १६ जनाको रामपुर अस्पतालमै उपचार भईरहेको छ । रेफर गरेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिरामीमध्ये ८ जना पुरुष, २१ जना महिला छन् भने ३ जना १४ वर्षमुनिका बालबालिका रहेका छन । बिरामीले बताए अनुसार उनीहरुले खीरसँग तरकारी र अचार खाएका थिए । 

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६