प्रदेश

बिश्व शान्ती शहर लुम्विनीले खुल्न मानेन किन ?



लुम्विनी १६ साउन । साउन ५ वाट होटल ब्यवसाय खोल्न सरकारले अनुमति दियो । लकडाउनका कारण बन्द भएका होटल व्यवसाय ४ महिनापछि बिहीबार खुल्ने भनियो। तर, बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीका होटल भने खुलेनन्।विश्व शान्ति शहर लुम्विनी फेरी पनि सुनसान रहनमै ब्यवस्त बन्ने भयो । लुम्बिनीमा भने व्यवसायी आफैले होटल खोलेनन्।

        लुम्बिनी आउने पर्यटकको मूख्य आकर्षण मायादेवी मन्दिर नै नखुलेपछि लुम्बिनीमा होटल खोल्नुको औचित्य नरहेको होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए। ‘खुलेको भन्ने अनावश्यक चर्चा र औपचारिकता मात्र हो, केही तयारी पनि छैन, पाहुनाहरु आउनुपर्यो, अहिले त्यो वातावरण पनि छैन–उनले भने–खोलेर मात्र भएन, त्यसअनुसार सुविधाहरु दिनुप¥यो, कर्मचारीहरु राख्नुपर्‍यो, त्यस अनुसार खर्च पनि बढ्छ।’लुम्बिनी क्षेत्रका सय वटा होटलमा ६ हजार जति कामदार तथा कर्मचारी छन्। तीमध्ये ९० प्रतिशत कर्मचारी घर गएका छन्। वातावरण सहज नभई होटल सञ्चालकले कामदारहरु बोलाउँदैनन्। अधिकांश होटल सञ्चालकहरु पनि व्यवसाय बन्द गरेर आआफ्नो घरमा छन्। आफ्नै घर भएका मात्र लुम्बिनीमा बसेका छन्।

    लकडाउनपछि ठप्प भएको उडान अझै सुचारु हुन सकेको छैन। जिल्लाभित्र फाटफुट सार्वजनिक यातायात चलेपनि ओहोरदोहोर निकै कम छ। अर्को तर्फ स्थानीय आन्तरिक पर्यटकहरु लुम्बिनी पुगेपनि लुम्बिनी परिसरभित्र प्रवेश गर्न पाउँदैनन्।‘यहाँका होटलहरु खुलेर भएन, पहिले त लुम्बिनी विकास कोषले लुम्बिनी खोल्नुपर्‍यो,–श्रेष्ठले भने–‘भित्रका विहारहरु खुले भने बसिराख्दा दिक्क लाग्यो भनेर केही मान्छे आउन सक्छन्, मायादेवी मन्दिर नखुलेपछि मान्छेहरु यहाँ आएर बसेर के गर्ने हो र।’

        लुम्बिनी परिसर खुल्यो भने थोरै भएपनि व्यवसायीहरुलाई राहत हुने होटल संघ लुम्बिनीका अध्यक्ष श्रेष्ठको भनाइ छ। केहीदिन अघि मायादेवी मन्दिर खोल्न भन्दै विभिन्न संघ संस्थाले लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका थिए।लुम्बिनी होटल संघ नेपाल सहित लुम्बिनी पर्यटन व्यवसायी संघ, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा समूह, सिद्धार्थ होटल संघ, लुम्बिनी बौद्ध महिला समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायीं संघ, लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्ध लगायतका संघ संस्थाले लुम्बिनी विकास कोषका उपाध्यक्षमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगश भट्टराईलाई ज्ञापन पत्र पठाएका थिए।  कोरोना भाइरस संक्रमणको असर कम भयो र स्थल तथा हवाइ यातायात सुचारु भएमा पनि लुम्बिनी पूरानै अवस्थामा फर्किन निकै समय लाग्ने छ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६