प्रदेश

नेकपा बिप्लव समुहका इन्चार्ज संगम सहित १ दर्जन पक्राउ



रुपन्देही १६ साउन  ।  रुपन्देही प्रहरीले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुन सहित  १० जना कार्यकर्तालाई पक्राउ गरेको छ ।प्रहरीले  रुपन्देही ईन्चार्ज पुन सहित १० जना लाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक हेम कुमार थापाले प्रेसपाटीलाई वताउनु भयो ।हामीले बुटवल आसपासबाट सरेकारद्वारा प्रतिबन्धीत गतिविधिमा सम्लग्न  रहेको पाएपछि नियन्त्रणमा लिएका हौं थापाले भन्नु भयो । 

        प्रहरीले बुटवल १९ मोतिपुरबाट  उक्त पार्टीका रुपन्देही  बिश्वास भट्टराई, नविल थारु,माधव न्यौपाने,अजमोहमद मियाँ  लगायत १० जनालाई  नियन्त्रणमा लिएको छ ।  प्रहरीले नियन्त्रणमा लिएका मध्ये माधव न्यौपाने मोतिपुरका  स्थानीय ब्यापारी हुन ।  नियन्त्रणमा लिएका हरुलाई शनिवार सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।नेकपा विप्लव समुहले अहिले सम्म यसको औपचारीक जानकारी सार्वजनिक गरेको छैन । 

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६