प्रदेश

प्रेमीकाको गर्भपतन गराउदा दुबैको ज्यान गयो



रुकुम, २२ साउन । पूर्वी रुकुममा गैर कानुनी रूपमा गर्भपतन गराउदा आमा र शिशुको ज्यान गएको छ । गर्भपतनको क्रममा रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं। ८ की २६ वर्षीया पुष्पा घर्ती र गर्भमा रहेको शिशुको ज्यान गएको हो । मंगलबार राती ८ बजेतिर गर्भपतनको क्रममा आमा र शिशुको ज्यान गएको हो । यसरी आमा र शिशुको ज्यान भएको खबर पाएपछि लगत्तै त्यस्तो कार्यमा संलग्न चिकित्सक र ती महिलाका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

         जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार अस्पतालले ती महिलाको पेटमा २२ हप्ताको बच्चा रहेको तर जीवित नभएको भन्दै अप्रेसन गरेको थिए । मंगलबार दिउँसो करिब २ बजे तिर अस्पतालका चिकित्सक रुपेशकुमार सिंङले अप्रेसन गरेपछि अत्यधिक रक्तस्राव हुँदा आमाको ज्यान गएको प्रहरी अनुसन्धानले देखाएको छ । पुष्पा रुकुमकोटमा मजदुरी गर्दै आएकी थिइने भने सिस्ने गाउँपालिका–४ का ३० वर्षीय गणेश घर्तीसँग प्रेम सम्बन्ध रहेको खुल्न आएको छ ।

      गणेशले प्रेमीकाको पेटमा भएको गर्भ आफ्नो भएको स्वीकारी सकेका छन् । आउँदो असोजमा विवाह गर्ने विषयमा दुवै जनाको समझदारी रहेको उनले प्रहरी समक्ष बताएका छन् । महिलाको मृत्युपछि महिलाका बुवा जयबहादुर घर्तीले गणेश र भद्रपुर नगरपालिका–६ भद्रपुर झापा घर भएका रुक्मिणी हस्पिटलका चिकित्सक ३८ वर्षीया रुपेशकुमार सिंहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६