प्रदेश

जीवन निर्वाह भत्ता रोकिदा जनक्रान्तिका घाइते तथा अपांग योद्धा सडकमा



दाङ २२ साउन । सरकारले दिदै आएको जीवन निर्वाह भत्ता रोकिदिएको भन्दै दश वर्षीय सशत्र जनयुद्धका घाइतेहरुलेबीहिवार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले  जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री र गृहमन्त्रालयलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।जनक्रान्तिका घाइते तथा अपांग योद्धा संगठन दाङले पनि जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र पठाएको संगठनका संयोजक खगेश्वर घर्तीले जानकारी दिनु भयो  ।

        दाङमा मात्रै सशत्र द्धन्दको समयमा घाइते भएकाहरु करीव साढे सात सय छन् । ती मध्ये २२ जनाले सरकारबाट जीवन निर्वाह भत्ता पाउदै आएका थिए ।आफ्नै योगदानबाट देशमा गणतन्त्र स्थापना भएको र अहिले यही सरकारले जीवन निर्वाह भत्ता रोक्का गरिदिदा जीवन चलाउन समस्या भएको घाइते बंगलाचुली २ की कुमारी नेपालीले गुनासो गर्नु भयो । 

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६