प्रदेश

नेकपा कपिलवस्तुको दैनिक सेवा बन्द, कोभिड नियन्त्रणमा लाग्न कार्यकर्तालाई अपिल



कपिलवस्तु २३ साउन कोभिड १९  का कारण सिंगो राष्ट नै आक्रान्त बनेको परिपेक्षमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आब्हान गरेको लकडाउनसंगै नेकपा कपिलवस्तुले आफ्नो दैनिक सेवालाई बन्द गरेको जनाएको छ । तौलिहवा स्थित आफ्नो जिल्ला पार्टी कार्यालयबाट प्रवाह गर्दै आएको दैनिक सेवा तथा गतिविधी लकडावन अवधीभरका लागि बन्द गर्ने निर्णय गरेको नेकपाका जिल्ला पार्टी कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।

         यसै बीच नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पाख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोभिड १९ बाट आफु सुरक्षित रहन र समुदायलाई सुरक्षित राख्ने कार्यमा सक्रिय रहन विज्ञप्ती मार्फत कार्यकर्तामा अपिल गरेको छ । जारी विज्ञप्तीमा कोभिड नियन्त्रण सबैको साझा प्रयत्नबाट मात्र संभव रहेको उल्लेख गर्दै यसको नियन्त्रणमा आम नागरिकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै  सबैमा सचेत रहन अपिल गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६