अन्तर्राष्ट्रिय

गौतम बुद्ध भारतीय भएको भन्दै भारततिय विदेशमन्त्रीको झूठो दाबि



काठमाडौ २५ साउन । भारतका विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको भनी झूठो दाबी गरेका छन्।कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित कार्यक्रममा उनले गौतम बुद्ध भारतिय भएको भन्दै गलत प्रचार गरेका हुन्  । उनले कार्यक्रममा तपाईंले सम्झने अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीय को हुन, म भन्छु, पहिलो गौतम बुद्ध र अर्को महात्मा गान्धी हुन्,’ भनेर बताएका छन ।गौतम बुद्धलाई कहिले भारतमा जन्मेका त कहिले भारतीय भनी विवादास्पद अभिव्यक्ति भारतका उच्च तहबाटै बारम्बार झुटो प्रचार गर्ने गरिन्छ ।

    प्रधानमन्त्री भएपछि पहिलो नेपाल भ्रमणमा आएका बेला नेपालको संसदमा भाषण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेका भने पनि भारतबाट निरन्तर गौतम बुद्ध भारतमै जन्मेका भन्ने अभिव्यक्ति आउने गरेका छन ।भारतीयहरुले गौतम बुद्धलाई भारतमै जन्मेका भनी विश्वभर प्रचार गर्ने र भारतमा आउने विदेशी पर्यटकलाई भारतमै बनाइएको नक्कली लुम्बिनी देखाएर बुद्धको जन्मस्थान भनी प्रचार गर्ने गरेका छन । 

https://twitter.com/i/status/1292134079530295296

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६