कपिलवस्तु २८ साउन । प्रदेश नम्बर ५ मै सबै भन्दा बढी संक्रमित भएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या नौ सय नाघेको छ । बुधवार एकै पटक १८ जना संक्रमित थपिए पछि जिल्लामा कारोना संक्रमितको संख्या नौ सय एक जना पुगेका हो । बुधवार थपिएका १८ जना सबै कपिलसतु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हुन । अस्पताल प्रशासन अनुसार नौ जना स्वास्थ्यकर्मी, र नौ जना कर्मचारी कारोना संक्रमित पुष्टी भएका हुन । अस्पतालको प्रशासन, काउन्टर र चेमनागुहमा कार्यरत कर्मचारी संक्रमित भएका छन ।
यससंगै कपिलस्तु अस्पतालमा संक्रमितको संख्या २४ जना पुगेका छ । त्यस मध्ये एक जना निको भई काममा फर्कि सकेकी छिन । अस्पतालमा गत साउन २६ गते संकलन गरिएको ८५ जनाको मध्ये १४जनाको स्वावको रिपार्ट अझै आउन बाकी छ । कोरोना संक्रमित भेटिए पछि अस्पताल प्रशासनले अस्पतालमा अति आकस्मिक सेवा बाहेक अन्य सबै सेबाहरु अर्को सुचना जारी नगर्दा सम्मकालागि बन्द गरेको छ । उता बृुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारत कपिलस्तुका दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया