प्रदेश

सरकारलाई नकुरेरै तटबन्धन गरकाले बच्यो जनजीवन



देउखुरी ३२ साउन ।  गत बर्षको साउन महिनामा दाङ गढवा ७ को मक्नहवा कक्रहवा खोला पस्योे । खोला किनारामा बसोबास गर्नेहरु सुरक्षित हुन छिमेकीको घरमा आश्रय लिए । सिंगो गाउँ नै कटान र डुवानको उच्च जोखिममा पर्ने थालेपछि स्थानीयहरु सतर्क हुनथाले । स्थानीय सरकार र प्रहरीलाई तत्काल खबर गरे । 

        गाउँपालिकामा बाट अर्को बर्ष तटबन्ध हुने आश्वासन पाए ।  तटबन्धनका लागि नेपाल सरकारको बहुबर्षिय योजना कार्यान्वयन चरणमा थियो । त्यो बर्षको बजेट नआएपछि गाउँका ५२ घर मिलेर रकम संकलन गर्न थाले । संकलित रकमबाट जनताको तटबन्धन कार्यालयमा धाएर पाँच हजार बढी बोराहरु ल्याए । त्यहि बोरामा खोलाको गिट्टी भोरेर जंगलबाट झालासमेत बोकी अस्थायि तटबन्धन गरि गाउँ बचाए । सो कार्यमा सुरक्षा निकायबाट पनि राम्रो साथ पाए । त्यसो त गढवाको वडा नं. ६ र ७ का १२ वटागाउँका बस्ति पनि कक्रहवा खोलाको कटान र डुवानको उच्च जोखिमा थिए ।

        स्थानीय सामाजिक अगुवा हुमाकान्त सुबेदी को पहलमा नेपाल सरकारको बहुबर्षिय योजना सफल भयो ।सोहि योजना बमोजिम कक्रहवा खोलादुबै किनारका अत्तरबेदुवा,झाली, बनकट्टी,रामपुर हाँसीपुर,दक्षिण मानपुर,उत्तर मानपुर,मक्नहवा,झारबैरा,मनिकापुर,तल्लोमदपुर र उपल्लो मदपुर लगायतकाएकदर्जन गाउँकाबस्तिहरु बचाउन तटबन्धनको बहुबर्षिय योजनापास भयो र काम सुरु भएपछिे सबै गाउँहरु कटानबाट बचेका छन् । 

            स्थानीय अगुजा हुमाकान्त सुवेदीले अत्तरबेदुवा र मनिकापुर देखि मक्नहवा झारबैरा सम्म दुवै तर्फ गरि १२ किलोमिटर बढी खोला तटबन्धनको बहुबर्षिय योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यता यसबर्ष सो ठेक्कामा काम गरेका बुद्ध निर्माण सेवा कट्रक्सन प्रा.ली. का प्रोपाइटर म्यानेजर तथा संचालक रामबाबु चौधरीले तीन किलोमिटर तटबन्धनको काम सम्पन्न भएको जानकारी दिनुभयो । यसबर्षको २८ करोडको बजेट मध्ये रकम अभावका कारण डेढ करोड रुपियाँ मात्र भुक्तानी भएको छ । 

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६