प्रदेश

ओमप्रकाश हत्याका ४ आरोपित पक्राउ, ३ अझै फरार



कपिलवस्तु,३२ साउनकपिलवस्तुमा एक जनाको हत्या गरेको आरोप लागेका सात जना मध्ये चार जना पक्राउ परेका छन् । प्रहरीले एक फरार आरोपितलाई पक्राउ गरेसगै चार जना पुगेका हुन । शिवराज नगरपालिका नगरपालिका वडा नं ४ गुलेरीबाट आइतवार हत्याको आरोपमा फरार रहेका ओमप्रकाश अहिरलाई प्रहरीले पक्राउ गरेको हो ।

        गत बैशाख २५ गते दुई यादव परिवार विच झगडा हुँदा गुलरीका २८ बर्षीय ओम प्रकाश यादवको घरेलु हतियार प्रहारबाट उपचारको क्रममा मृत्यु भएको थियो ।  ओम प्रकाशको टाँउकोमा गहिरो चोट लागेपछि बुटवल प्रादेशीक अस्पातालमा उपचारको क्रममा जेठ १ गते मृत्यु भएको थियो । उक्त घटनावाट पिडित यादव परिवारले सात जना विरुद्ध वडा प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । झगडा हुने दिन ७० बर्षिय दुलारे अहिर र ४५ बर्षका बल करण अहिर पक्राउ परेका थिए । त्यस्तै साउन ९ गते १९ वर्षीय संजयकुमार यादव पक्राउ परेका थिए ।

    गाँउमा लुकिछिपि बसिरहेको अवस्थामा फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीहरुलाई  पक्राउ गरिएको प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । ओमप्रकाश यादवको हत्या गरेको अभियोगमा दोषी ठहर रहेका शिवराज नगरपालीका वडा न ४ गुलेरीका अन्य ३ जनाको खोज तलास जारी राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६