प्रदेश

बुटवलमा विरामीको चाप , दाङमा भेन्टिलेटर र आईसीयू बेड प्रयोगविहीन



दाङ ६ भदौ । दाङका विभिन्न अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेडको लागि आवश्यक जनशक्ति नहुँदा प्रयोग विहीन भएका छन् । कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेर र १५ वटा आईसीयू बेडहरु भए पनि अहिले जनशक्ति नहुँदा प्रयोग विहीन बनेका हुन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसीयू बेड रहेको र न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीको आवश्यक पर्ने भए पनि जनशक्ति शून्य हुँदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नु परेको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिनुभयो ।

      गम्भीर अवस्थाका कोरोना सङ्क्रमित बिरामीहरुलाई बेलझुण्डीमा राख्न नसकेर बुटवल रिफर गरिँदै आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि ३ वटा भेन्टिलेटर र १० वटा आईसीयू बेड राखिएको छ तर प्रयोगमा भने आउन सकेका छैनन् । जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । यसैबीच प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले भने अब छिट्टै जनशक्तिको व्यवस्था गरिने जनाएको छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले दरबन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पेश भैसकेको र छिट्टै जनशक्ति उपलब्ध हुने बताउनुभएको छ 

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६