अन्तर्राष्ट्रिय

टिकटक कम्पनीले ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने



काठमाण्डौ ७ भदौँ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरोधमा कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । टिकटकको मुख्य कम्पनी बाइटडान्ससँगको कारोबारमा रोक लगाउने र टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा गर्ने तयारी भैरहेको बीबीसीले उल्लेख गरेको छ । तर टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भएको छैन ।

         टिकटकले यसै हप्ता नै अदालतमा अपिल दर्ता गर्ने बीबीसीले जनाएको छ ।गएको अगष्ट ११ मा अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए ।यो आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढाइरहेको छ । टिकटक युवा पुस्तामा लोकप्रिय छ । अमेरिकामा मात्रै टिकटकका आठ करोड प्रयोगकर्ता रहेका छन् ।टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटालाई चीन पुर्याउने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर कम्पनीले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६