प्रदेश

जुत्ता चम्काउने देखि घण्टी बजाउने सम्म पोजेटिभ: बिदेशवाट आएका ७३ प्रतिशत संक्रमित



कपिलवस्तु ११ भदौ कपिलवस्तुमा देखिएको कोरोना संक्रमणको नतिजा विष्लेषण गर्दा कुनै यात्रा विवरण नभएका २७ प्रतिशत संक्रमित देखिएका छन् भने बिदेशवाट फर्किएका ७३ प्रतिशत संक्रमित भेटिएका छन्। यसरी हेर्दा चोक वजारमा वसेर जुत्ता चम्काउने सुजमेकर देखि मन्दिरमा घण्टी बजाउने पुजारी सम्मको नतिजा पोजेटिभ आएको छ । सुजमेकर तौलिहवामा हुन् भने पुजारी कृष्णनगरमा काम गर्ने रहेका छन् (घर भलवाड) । 

        संक्रमित १०७२ जना मध्ये ७ सय ७८ जना विदेशवाट फकिएका रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।यो संख्या कुल संक्रमितको ७३ प्रतिशत हुन आउछ ।अहिले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको कपिलस्तुमा बिदेशबाट फर्केकाहरुमा सबै भन्दा बढी कोरोना संक्रमित भएको पाईएको छ । जिल्लामा भारत तथा अन्य मुल्ुकबाट फर्केका ७ सय ७८ जना कोरोना संक्रमित भएका हुन । गत बैशाख २५ गते भारतको मुम्वैवाट फर्केका जिल्लाको मायादेबी गाउपालिकका २ युवामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । २ महिना सम्म बिदेशबाट फर्केकाहरुमा नै बढी संक्रमण देखिएको थियो । तर साउन दोश्रो साताबाट भने समुदायस्तमा समेत कोरोना संक्रमण देखिएको हो । 

    अग्रपक्तिमा काम गर्ने ४७ जना सुरक्षाकर्मी, ब्यापारी ४२ जना, बैकिङ संस्थाका ३३ जना, बिद्यार्थी ३० जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भयो । यस्तै सरकारी कर्मचारी २५ जना, स्वास्थ्यकर्मी २२ जना, शिक्षक १६ जना कोरोना संक्रमति भएका छन । यसैगरी गृहणी १४, प्राईभेट मेडिकलका १२ जना, निजीस्तरबाट परिक्षण गराएका ११ जना, कृषक १० जनामा कोरोना संक्रमण देखिएको छ । पत्रकार र गैर सरकारी संस्थाका छ/छ जना, पुजारी र सामाजिक कार्यकर्ता तीन/तीन जना, राजनीतक दलका नेता र गाडी चालक दुई/दुई जना संक्रमित भएका छन । अहिले सदमुकाम तौलिहवा, कृष्णनगरका समुदायस्तरमा कोरोना फैलिएको छ । 

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६