प्रदेश

पाँच वर्षपछि भारतबाट महिलाको उद्धार : ५ का विरुद्ध जाहेरी दर्ता



कपिलवस्तु ११ भदौ   भारतबाट एक महिलाको पाँच वर्ष पछि उद्धार भएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमी निवासी २५ वर्षीय महिलालाई भारतको पंजावबाट शान्ति पुनःस्थापना गृहको समन्वयनमा कृष्णनगर प्रहरीको सहयोगमा भदौ १ गते नेपाल ल्याइएको छ । २०७२ सालमा एक महिलाले राम्रो जागिर लगाइदिने प्रलोभन देखाई भारत लगेको बुझिएको छ ।

        सानै उमेरमा विवाह र श्रीमानको दुव्र्यवहार सहन नसकि भारत जाने निर्णय गरेकी महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो । उद्धार गरिएकी महिलालाई अहिले सुरक्षित आवास गृहमा राखिएको र परिवारको जिम्मा लगाउने तयारी भइरहेको भट्टराईले बताउनुभयो । कपिलवस्तुको गोरुसिङ्गे सम्म भारतिय नम्बर भएको गाडि लिएर दुई पुरुष लिन आएको र भैरहवा सुनवलको क्षेत्रवाट बनारसमा लगेका पिडित महिलाले बताएकी छिन् । 

        भारतको बनारसमा २ महिना सम्म बन्धक बनाइ डान्स बारमा नाच्न लगाउने ननाचे खान नदिने तथा पिट्ने गरेको उनले बताईन् । केहि समय पछि भारतको पटियाला लगेर त्यहाँको एक होटलमा नाच्ने काम गरेको उनले बताइन् । भारतमा रहेको देशभक्त आवाज नामक एक सस्थाको सहयोगमा उद्धार गर्न सफल भएको भट्टराईले बताउनुभयो । पिडित महिलाले २ जना महिला र ३ जना पुरुष विरुद्ध ईलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दर्ता गराएकी छिन् । घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६