अन्तर्राष्ट्रिय

जापानका प्रधानमन्त्री आबेले शुक्रबार पदबाट राजीनामा दिए



काठमाडौं १२ भदौ। जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् ।पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए ।‘मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पधानमन्त्री पदमा रहनु हुँदैन ।

              त्यसैले मैले पद छाड्ने निर्णय गरेको छु ।’आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । उनको उपचारमको लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनी सन् २०१२ यता निरन्तर प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए । उनको राजीनामासँगै अब जापानका उपप्रधान तथा अर्थमन्त्री तारो आसो आबेको बाँकी कार्यकालका लागि आबेको भूमिकामा आउन सक्ने सम्भावना छ ।साथै चिफ क्याबिनेट सेक्रेटरी योसिहिडे सुगाको पनि सम्भावना छ । अब संसद्मा हुने निर्वाचनमार्फत् नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।

स्रोत:बीबीसी

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६