प्रदेश

तहजियाको पूजापाठ घरघरमा,बिर्सजन २ मौलानाको अगुवाइमा



कपिलवस्तु १३ भदौ   कोराना भाईरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मुहर्रम घर मै तहजियाको पुजापाठ गरी मनाउने निर्णय गरिएको छ । आउने आईतवार परेको मुहरर्म पर्व कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायले धुमधामसंग मनाउने चलन छ । तर यस बर्ष कोरोनाका कारण बजागाजा नबजाउने, भीडमाड नगर्ने मेला नलगाउने र पसलहरु समेत नखोल्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा मुस्लिम अगुवा सहीत सरोकारवालाको बैकठले सो निर्णय गरेको हो । 

        सो पर्वमा करबलामा बिर्सजन गरिने तहजिाया ट्याक्टरले घर घरमै गई संकलन गर्ने भएको छ । करबलामा बिर्सजन गर्दा बढीमा दुई जना मात्र मौलाना सहभागी हुने निर्णय भएको मुस्लिम अगुवा रउफ अहमद खाले वताउनु भयो । निर्णयको बिषयमा माईकिङ र ट्याक्टरको ब्यवस्थापन जमा मस्जिद आले सुन्नत समितिले गर्ने जनाइएको छ । मुस्लिमको बढी जनसंख्या रहेको कपिलस्तुका २ सय बढी करवलामा मेला लाग्ने र तहजिया सेलाउने गरिएकोमा यस बर्ष भने लकडाउनले सो पर्व खल्लो बनेको मुस्लिम अगुवाहरुको भनाई छ । अगुवा खानले निर्णयको पालना गर्न सवैमा अपिल गर्नु भएको छ । 

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६