प्रदेश

पाल्पामा थपियो ,बाँकेमा हप्तामा २ दिन मात्र लकडाउन



पाल्पा १३ भदौ  कोरोना भाइरस संक्रमण बढेसँगै पाल्पामा भदौ १९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यसअघि भदौ ५ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजे सकिँदै थियो । जिल्ला प्रशासन कार्यालयमा जिल्ला संकट व्यवस्थापन समिति (सिसिएमसी) र सर्वपक्षीय बैठकले नषेधाज्ञा भदौ १९ गतेसम्मका लागि थपेको हो । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्यान्न किन्न बिहान ७ देखि ११ बजेसम्म बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले जारी सूचनामा उल्लेख गरिएको छ ।

     यसैविच बाँकेमा अब हरेक हप्ताको दुई दिन निषेधाज्ञा गरिने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको वताउनुभयो पाँच दिन सबै खुल्छन्, शुक्रबार र शनिबार हिँडडुलसहित बजार व्यवसाय सबै बन्द हुने उहाँले वताउनु भयो । यसैविच समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ ।

    तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता देखाउन थालेका छन ।समुदायस्तरमा चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर उपमहानगरले ‘अन द स्पोट’ स्वाब संकलन गर्न थालेको हो । 

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६