दाङ १३ भदौ । केहि समय मन्दगतिमा रहेको दाङमा पछिल्लो पटक कोरोना संक्रमण तीव्र हुने संकेत देखिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुईजना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तुलसीपुरस्थित अस्पतालमा संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
केही दिनअघि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार प्रादेशिक अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार घोराहीका १० जनासहित १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।केही दिनअघि घोराहीको एक बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट टे्रसिङ गर्दा बजारकै थप १० जनामा संक्रमण पुष्टि भएको बताइएको छ।
प्रतिक्रिया