प्रदेश

लकडाउनको प्रभाव :दाङको मास्कको अमेरीकामा बजार



दाङ १५ भदौ ।   लकडाउनका बीच दाङमा उत्पादन भएको मास्क विदेश निर्यात सुरु भएको छ । मास्कको उत्पादन गरेको महिला स्वरोजगार तालिम केन्द्रले अमेरिकामा मास्क पठाउन थालेको हो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र लैङ्गिक पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको तीन हजार मास्क अमेरिका पठाइएको छ । पहिलो पटक एक हजार मास्क तथा एक सय स्यानिटरी प्याड पठाइएको र अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाइएको हो । 

        महिला स्वरोजगार तालिम केन्द्रले अहिलेसम्म ३२ हजार बढी मास्क उत्पादन गरेर दाङसहित छिमेकी जिल्ला र विदेश पठाएको छ । कोरोना भाइरसका कारण भएको लकडाउनको समयमा केन्द्रले उत्पादन गरेका मास्क सहयोग स्वरुप विभिन्न पालिकामा पठाइएको थियो । केन्द्रले उत्पादन गरेका मास्क विभिन्न मेडिकल तथा पसलले पनि बिक्रीका लागि लैजाने गरेको छ । केन्द्रले सिलाइ कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।  

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६