प्रदेश

कोरोना भन्दा पण्डीत पावरफूल, श्राद्ध गर्न घरघरमा पुरोहित



दाङ, १७ भदौ समुदाय स्तरमा कोरोना सङ्क्रण हुन नदिन दाङमा अहिले निषेधाज्ञा गरेको छ । अति आवश्यक सेवा बाहेक अन्य काममा घर बाहिर ननिस्कन जिल्ला संकट व्यवस्थापन समितिले आग्रह गर्दै गरेको निषेधाज्ञा बावजुत अहिले सोह्र श्राद चलिरहेको छ । प्रशासनले श्राद गर्दा प्रविधिको प्रयोग गरेर गर्न आग्रह गरेपनि स्रोहश्राद गर्ने र गराउने पुरोहितले वेवास्था गरेको पाइएको छ । 

        डर र भयका कारण परम्परालाई छाड्न नमिल्ने तर्क गर्ने जेष्ठ सदस्यको कारण नयाँ पिंढी समेत निषेधाज्ञामै श्राद गर्न कस्एिका छन् । श्राद्घ वा कुनै धार्मिक काम गर्नको लागि पुरोहितलाई सोध्ने पुरोहितले गर्नै पर्छ जवाफ दिँदा कोरोना महामारीको समयमा पनि श्राद गर्न बाध्य भएको  श्राद्घ गर्नेहरु बताउँछन । लमही नगरपालिका ३ बनगाउँका राजेन्द्र अधिकारीले आफ्ना बाबाको तिथिमा श्राद्घ  नगरी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, रोगको सन्त्रास आफ्नो ठाउँमा होला,पितृ तर्पण,पिण्ड दान जस्तो कार्य रोक्न मिल्दैन बरु यसैमा सावधानी अपनाउन सकिन्छ ।  

    यसो त पुरोहितले पनि घरघरमा पुगेर सामान्य अवस्थामा जस्तै श्राद्घ  गर्न थालेका छन् । लमही नगरपालिका वडा नम्बर ५ लङगडीका रामप्रसाद घिमिरेले संस्कारलाई छाड्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो । जुजुमानले बोलाउँछन, जान्न भन्न मिल्दैन,जान्न भन्न मिल्दैन अलग्गै बसेर पढ्ने सिकाउने गर्ने गरेको छु । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यस्ता संस्कार रोक्न नमिलेपनि श्राद्घ  गर्दा उच्च सावधानी अपनाउन आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो, रोक्नै त नमिल्ला टाढै बस्ने घर परिवार मात्रले गर्ने अरुलाई नबोलाउने जस्तो काम गर्नु प¥यो । 

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६