प्रदेश

रुपन्देही प्रशासनलाई उद्योग ब्यापार संगठनको कडा चुनौती



बुटवल १८ भदौ ।सरकारले गरेको लकडाउनको कारण व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै अब लकडाउन गर्न नहुने आवाज उठ्न थालेको छ । यस्तैमा उद्योग व्यापार संगठन रुपन्देहीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने घोषणा गरेको छ । यही भदौ १४ गते भएको बैठकमा प्रशासनले अनुरोध गरेकोले अन्तिम पटकका लागि असहमति हुँदाहुँदै पनि समर्थन गरेको संगठनले जानकारी गराएको छ ।

    भदौ २१ गतेदेखि स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसंग सहमति गरिने र नमानेको खण्डमा व्यवसाय खोल्नको लागि सूचना समेत जारी गरिने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले वताउनु भयो ।निरन्तर रुपमा लकडाउन र निषेधाज्ञा गर्न नहुने धारणा संगठनले सुरुदेखि नै राख्दै आएको भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उद्योगी व्यवसायीले तिर्नुपर्ने खर्चहरु रिडिङ मिटर जस्तै बढिरहने तर बन्दाबन्दीका कारण उत्पादन बिक्री गर्न नपाउँदा ठूलो आर्थिक् क्षति भएको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ को संक्रमणका कारण नेपालमा चैत ११ गतेदेखि नै बन्दाबन्दी हुँदै आएको छ । असार १ देखि साउन मसान्तसम्म केही खुकुलो पारिए पनि भदौ १ गते विभिन्न जिल्ला तथ स्थानीय तहमा लकडाउनको अवधि बढ्दै गएको छ ।  

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६