अर्थ-वाणिज्य

कोरोना बिशेष अस्पतालमा चिकित्सकका पीडा : ४ महिनाको काम , ३८ दिनको मात्र जोखिम भत्ता



बुटवल १९  भदौ ।रुपन्देही स्थित कोरोना बिशेष अस्पतालमा  चार महिनामा ३८ दिनको मात्र जोखिमभत्ता पाएपछि चिकित्सकले निबेदन पत्र  बुझाउदै तत्काल भत्ता उपलब्ध गराउन माग गरेका छन् ।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । ९ जना मेडिकल अधिकृतले एक साताको समयसीमा तोकेरै प्रादेशिक अस्पतालको विकास समितिमा भदौ ११ मा निवेदन पत्र बुझाएका थिए ।

  वैशाख ११ गतेदेखि प्रादेशिक अस्पतालले तयार गरेको धागो कारखाना स्थित कोभिड अस्पतालमा कार्यरत चिकित्सकले अहिलेसम्म ३८ दिनको मात्र जोखिम भत्ता पाएका छन् । प्रति चिकित्सक ४३ हजार रुपैयाँका दरले भत्ता बुझेका उनीहरूले अन्य भत्ता र नियमित पारिश्रमिकको माग राखेका हुन् । 

    अस्पतालमा कार्यरत डा. पुजन ज्ञवालीले चार महिना काम गर्दा ३८ दिनको मात्र जोखिम भत्ता पाएको वताउनु भयो । अन्य भत्ता पनि माग गर्दा सरकारबाटै नआएको भन्ने जवाफ पाएको उहाँको भनाई छ । संयुक्त माग राखेपछि सरकारले नदिए विकास समितिबाटै दिने प्रतिबद्धता आएकाले अहिले नियमित काममा रहेको उहाँले वताउनु भयो । कोरोना अस्पतालमा बुधबारसम्म चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगीसहित १ सय १४ जना कार्यरत थिए । बुधबारबाट झन्डै २० जना थपिएका छन् । प्रदेश सरकारले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि शतप्रतिशत भत्ता उपलब्ध गराउन ७० लाख रुपैयाँ उपलब्ध गराएको छ । 

    प्रादेशिक अस्पतालका लागि ८० लाख रकम छुट्टै छ तर प्रादेशिक अस्पतालले दुवै रकमबाट अस्पताल प्रशासनका कर्मचारीसमेतलाई भत्ता उपलब्ध गराएपछि चिकित्सक आन्दोलित भएका हुन् । अग्रभागमा खटिएका डाक्टरले सेवा नै ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिएपछि सामाजिक विकास मन्त्रालयले छानबिन सुरु गरेको थियो । मन्त्रालयको छानबिनपछि कर्मचारीले ५० प्रतिशत भत्ता फिर्ता गर्न थालेको प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले वताउनु भयो । 

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६