प्रदेश

घटेन रुपन्देहीको संक्रमण भैरहवामा सबैभन्दा धेरै



भैरहवा २५ भदौ । रुपन्देहीमा दैनिक नयाँ संक्रमण पुष्टि हुने क्रम २ साता यता घट्न सकेको छैन । निरन्तर बढ्दै गएको छ । बुधबार ४२ जना कोरोना भाइरसका संक्रमित थपिएसंगै यस्तो अवस्था आएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ जना पुरुष र १८ जना महिला हुन्।यो सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या १३९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७१८ पुगेको छ।

    स्वास्थ्य कार्यालयका अनुसार बुटवलमा ७ जना, सिद्धार्थनगर भैरहवामा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । उनका अनुसार ६५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६