अन्तर्राष्ट्रिय

नागरिकमा डर त्रास नफैलियोस् भन्ने उदेश्य हो : ट्रम्प



काठमाण्डौ २५ भदौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदा हुँदै पनि सङ्क्रमण नियन्त्रण गर्न चासो नदिएको खुलेको छ । कोरोना भाइरसको महामारी बारे थाहा हुँदा हुँदै पनि रोक्न ट्रम्पले चासो नदेखाएका पाइएको वरिष्ठ पत्रकार बब वूडवार्डले लेखेको पुस्तकमा उल्लेख छ ।पत्रकार बबले अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले महामारी प्रवेश गर्नुपूर्व नै कोरोना भाइरस घातक रहेको थाहा पाएका दाबी गर्नु भएको छ ।

             उहाँले राष्ट्रपति ट्रम्पसँग सन् २०१९ को डिसेम्बरदेखि सन् २०२० को जुलाइसम्ममा १८ पटक अन्तर्वार्ता लिनु भएको छ । अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको ज्यान जानुअघि नै महामारीबारे थाहा भएको बताएका पुस्तकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।यस विषयमा राष्ट्रपति ट्रम्पले नागरिकमा डर त्रास नफैलियोस् भन्ने चाहेकाले यसबारे केही नबताएको टिप्पणी गर्नु भएको छ । पत्रकार बबको यो पुस्तक औपचारिक रुपमा सेप्टेम्बर १५ तारिख अर्थात् आउँदो ३० गते बजारमा आउँदै छ । अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।त्यहाँ अहिलेसम्म साढे ६५ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६