ब्रेकिंग न्युज

सिन्धुपाल्चोक पहिरो अपडेट : ११को ज्यान गुम्यो २० बेपत्ता



सिन्धुपाल्चोक २८ भदौ ।सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

        ज्यान गुमाउनेहरुमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेका छन् । यस्तै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको पनि ज्यान गएको छ । सुरक्षाकर्मी र स्थानीयबासीले हराएकाहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।   

        यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट  थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र  आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।  राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ । 

    यसैबिच उता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ स्थित घुम्थाङमा गएको पहिरोमा बेपत्ता भएकाहरुको उद्धारमा लाग्न सबैलाई आग्रह गरेका छन । आईबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डले यस दुःखद् क्षणमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न नेता, कार्यकर्तासहित राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थालाई आग्रह गरेका छन । पहिरोबाट जोखिम भएका सम्भावित स्थानहरुको पहिचान गरी स्थानन्तरण गर्नुपर्ने  पनि प्रचण्डले बताएका छन् ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६