अन्तर्राष्ट्रिय

संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई विश्व स्वास्थ संगठनको चेतावनी



एजेन्सी २ असोज । विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भिर रुपमा लिन चेतावनी दिएको छ । युरोपमा पछिल्लो समय फेरि संक्रमितको संख्या दैनिक बढ्दैछ । कोरोना भाइरसको महामारीको दोस्रो लहरलाई रोकथाम गर्न यतिबेला युरोपका विभिन्न देशका सरकारहरुले स्थानीय तवरमा कडाईका विभिन्न प्रक्रिया अपनाइरहेका छन् र उनीहरु फेरि लकडाउन गर्ने वा नगर्ने भने स्थितिको विश्लेषण गरिरहेका छन् ।

            त्यसैले, अवस्थालाई गम्भिर लिन डब्ल्युएचकोका क्षेत्रीय निर्देशक हान्स क्लुगले बिहीबार पत्रकार सम्मेलनमा सजग गराएका हुन् । ‘फेरि युरोपमा अहिले कोरोना संक्रमण बढेको छ । गत हप्ता यस क्षेत्रमा संक्रमित हुनेको संख्या ९एक हप्ताभित्र० ३ लाखभन्दा बढी थियो,’ उनले भने । 

             आधाभन्दा धेर युरोपेली देशहरुले पछिल्ला दुई सातामा १० प्रतिशतभन्दा धेरैले संक्रमितको संख्या बढेको जनाएका छन् ।  फ्रान्समा संक्रमणले दोस्रोपटक महामारीको रुप धारणा गर्ने देखिएको छ । यहाँ दैनिक १० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुन थालेको छ । बेलायत, जर्मनी, इटली र स्पेनमा पनि संक्रमितको संख्या बढेको छ । यी सबै देशमा पहिलो लहरको निकै खराब प्रभाव परेको थियो ।

          जोन हप्किन्स विश्वविद्यालयका अनुसार बेलायतमा ४१ हजारभन्दा धेरै, इटलीमा ३५ हजारभन्दा धेरै, फ्रान्समा ३१ हजारभन्दा धेरै र स्पेनमा ३० हजारभन्दा धेरैको मृत्यु कोरोनाका कारण भइसक्यो । जर्मनीमा संक्रमण उच्च रहेपनि अन्य देशको दाँजोमा मृत्युदर निकै कम छ । यहाँ, २ लाख ६९ हजारभन्दा धेरैमा संक्रमण देखिदाँ, ९ हजार चार सयको मात्रै मृत्यु भएको छ । 

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६