अन्तर्राष्ट्रिय

सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने



काठमाण्डौ ४ भदौँ । बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ ।कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनले सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना गर्ने निर्णय गर्नुभएको हो । आउँदो १२ गतेदेखि कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति अनिवार्य आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको बीबीसीले जनाएको छ ।नयाँ कानुनअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक(पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवानामा १० हजार पाउन्डसम्म पुग्नेछ । यसअघि सेल्फ आइसोलेशनलाई निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो ।यसमा कुनै जरिवाना तोकिएको थिएन । नयाँ नियम घोषणा गर्दै जोनसनले नियमको पालना नै कोरोना भाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताउनुभएको छ ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६