अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा कोरोनाबाट ११ सय २९ जनाको मृत्यु



काठमाडौँ ८ असोज । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय २९ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९१ हजार १४९ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ५०८ जना संक्रमित पुष्टि भएको छ ।योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५७ लाख ३२ हजार ५१९ पुगेको छ ।

       भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ४६ लाख ७४ हजार ९८८ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ६६ हजार ३८२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ७४ लाख ३६ हजार ३१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११  लाख ५६ हजार ५६९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६