काठमाण्डौ ९ असोज । दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिन्दी चलचित्र हेर्ने नयाँ पिढीका केही व्यक्तिहरुले बालासुब्रमण्यमको नाम नसुनेको पनि हुन सक्छ तर अभिनेता सलमान खान हिन्दी चलचित्रमा आएको केही वर्षसम्म एसपी बालासुब्रमण्यमलाई सलमान खानको आवाज बुझिन्थ्यो ।मैंने प्यार कियाु, को गीत होस् वा साजनु वा हम आपके हैं कौनु यी सबै चलचित्रमा सलमानलाई एसपीले नै आवाज दिएका थिए ।
यो कुरा पनि पुरानो लाग्छ भने केही वर्षअघि आएको चेन्नई एक्सप्रेसु चलचित्रको टाइटल गीत एसपी बालासुब्रमण्यमले नै गाएका थिए । ८० को दशकदेखि लिएर नयाँ शताब्दीको सुरुवातसम्म बालासुब्रमण्यमले हिन्दी चलचित्रमा गीत गाइरहे ।दक्षिण भारतमा पहिचान बनाइसकेका एसपी बालासुब्रमण्यमले सन् १९८१ मा आएको चलचित्र एक दूजे के लिए पहिलो हिन्दी चलचित्रमा कमल हसनको लागि गीत गाए र राष्ट्रिय पुरस्कार जितेका थिए ।एसपीले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन्, त्यो पनि चार फरक–फरक भाषमा– हिन्दी, तमिल, तेलुगु र कन्नड । एसपी बालासुब्रमण्यमले एकैदिन २१ कन्नड भाषाको गीता गाएर कीर्तिमान बनाएका छन् । साथै उनले सबैभन्दा धेरै गीत गाएको गिनिज रेकर्ड(४० हजार) पनि उनकै नाममा भएको दाबी गरिएको छ ।
प्रतिक्रिया