ब्रेकिंग न्युज

दोश्रो पटकको कोरोना संक्रमणमा गंभिर लक्षण :चिकित्सक



काठमाडौँ ८ कार्तिक ।  काठमाडौंका ४२ वर्षीय एक पुरुषलाई ४ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । घाँटीमा खसखसबाहेक उनमा गम्भीर लक्षण देखिएका थिएनन् । उनी होम आइसोलेनसमा बसे । १४ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी नियमित काममा फर्किए ।तर एक हप्ताअघि मात्र उनलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने लक्षणहरु देखिन थाले । उनले सुरुमा त फ्लु होला भनेर चुप बसे । तर, पुनः पीसीआर गराउँदा उनमा कोरोना संक्रमण पोजिटिभ देखियो । उनी अहिले एक निजी अस्पतालमा उपचाररत छन् ।

    यस्तै धुलिखेलका ५० वर्षीय पुरुषमा डेढ महिनाअघि कोरोना संक्रमण देखियो । उनको पूरै परिवारलाई नै कोरोना संक्रमण भएको थियो । उनमा लक्षणहरु थिएनन् । तर, दोस्रो पटक संक्रमण हुँदा गम्भीर लक्षणहरु देखिए । धुलिखेल अस्पतालका चिकित्सक डा। राम गुरुङले यी दुईबाहेक सो अस्पतालमा हालसम्म ३ जनामा पुनः कोभिड संक्रमण देखिएको दाबी गरे । उनी भन्छन्, ‘दोस्रो संक्रमण हो कि होइन भनेर वैज्ञानिक आधारमा जानुपर्ने हुन्छ तर हामीले क्लिनिकली हेर्दा यो दोस्रो पटक संक्रमण भएको देखिन्छ । अरु देशमा पनि यस्ता केसहरु देखिएका छन् हाम्रोमा नदेखिने भन्ने हुँदैन ।’

    विश्वभरि नै कोरोनाको पुनः संक्रमणको बहस चलिराखेका बेला नेपालमा पनि यस्ता फाटफुट्ट केसहरु देखिएका छन् तर आधिकारिक रुपमा भने पुष्टि भएका छैनन् ।हङकङका ३३ वर्षीय पुरुषमा सबैभन्दा पहिले दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो पटक मार्च २६ मा कोरोना पुष्टि भएका ती व्यक्तिमा १४२ दिनपछि पुनः कोरोना देखिएको थियो ।त्यसैगरी ‘दोस्रो पटक’ कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नेदरल्यान्ड्सकी एक महिलाको मृत्यु समेत भएको छ ।

    नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको दोस्रो पटकको कोरोना संक्रमणबाट मृत्यु भएको डच विज्ञहरुको एउटा टोलीद्वारा प्रकाशित लेखमा उल्लेख गरिएको छ । पुनः कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको यो पहिलो घटनाका रुपमा लिएको छ ।    यो घटनाले कोरोना भाइरसबाट संक्रमित भएपछि रोगप्रतिरोधात्मक क्षमता र एन्टीबडीले कति समयसम्म काम गर्छ भन्ने गम्भीर प्रश्न उब्जिएको विज्ञहरु बताउँछन् ।

प्रकाशित : ८ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६