अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या सबैभन्दा थोरै



काठमान्डौँ ११ कार्तिक । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा आज सबैभन्दा थोरै देखिएको छ ।सरकारी अधिकारीले जनाएअनुसार पछिल्लो तीन महिना भित्रमा आज ४० हजार भन्दा थोरै सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४ सय ७० जनालाई सङ्क्रमण भएको जनाएको छ ।योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख भन्दा धेरै छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ७२ लाख भन्दा धेरै कोरोना मुक्त भएका छन् ।

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६