इस्तानबुल १५ कार्तिक । टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा २२ जनाको मृत्यु भएको छ । करिब १ सय २० जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ ।अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसको एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का बुल्गेरियामा पनि महसुस गरिएको छ । भूकम्पका कारण सुनामी पनि आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
१५ कार्तिक २०७७, शनिबार
प्रतिक्रिया