अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाबाट १० लाख १३ हजारको मृत्यु, तीन करोड ३९ लाख संक्रमित



एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ५२ लाख निको भएका छन् भने करिब ७७ लाख मानिस सक्रिय संक्रमित छन् ।विश्वभर अझै पनि ६६ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १० हजारको मृत्यु भएको छ ।

           विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६२ लाख ४५ हजार संक्रमित भएका छन् भने यहाँ ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ८० हजार व्यक्ति संक्रमित भएकामा एक लाख ४३ हजारभन्दा बढीको मृत्यु भएको छ ।खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६