अन्तर्राष्ट्रिय

यूएईमा घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला



काठमाण्डौ २१ असोज । यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ । आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र कोभिड १९ को सङ्क्रमणलाई कम गर्नको लागि वायुसेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुईवटै निकायले बताएका छन् । यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्नुपर्ने हुन्छ ।घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको इमिरेट न्युज एजेन्सीलाई उदृत गदै गल्फ न्युजले जनाएको छ ।

         परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिइनेछ । यस्तै प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न पूर्व–प्रवेश परीक्षाको मापदण्ड पालनाको महत्वलाई पनि जोड दिएको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको गल्फ न्युजले जनाएको छ । राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६