अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघ्यो



एजेन्सी २५ असोज।  भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ ।गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

    अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८६ करोड ८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर)ले जानकारी दिएको छ ।  शनिबार एकै दिनमा पनि १ लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि  आइसीएमआरले जानकारी दिएको छ । –सिन्ह्वा

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६