प्रदेश

सरकारी स्कुटर जलाउने र इमोमार्फत ठगी गर्ने पक्राउ



बुटवल २९ असोज ।  प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कुटि जलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाई अपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा बुटवल—११ बुद्धनगरका २५ वर्षिय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्री रहेको प्रहरीले जनाएको छ ।यसैबीच, प्रहरीको स्कुटर रोकी धाक धम्की दिने दुई जना युवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

    यता  सामाजिक सञ्जाल इमोमार्फत लट्रि पर्यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका ५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा प¥यो भनेर गठी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका–६ निवासी १८ बर्षीय सुमन झा, रौतहट जिल्ला गोनाही–६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका १६ नगवा बस्ने १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन । 

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६