पर्यटन

कोरोना महामारी बढेपछि जनजीवन बचाउन शसस्त्र आयो यस्तो स्वरुपमा



चन्द्रौटा ३० असोजकोरोना महामारी बढेपछि जनजीवन बचाउन सशस्त्र प्रहरी बल नेपालले तराईका ६ जिल्लामा कोरोना सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले पहिलो चरणमा प्रदेश भित्रका तराईका जिल्लामा कोरोना नियन्त्रण सम्बन्धि चेतनामुलक तथा मास्क बितरण गरिएको छ । अभियानमा नागरिकहरुलाई हात धुन सिकाउने,मास्कको प्रयोग बारे जानकारी दिने र स्थायिनहरुलाई मास्क बितरण गरिएको छ ।


    कोभिड १९ कोराना भाइरसको नियन्त्रणमा नागरिकहरु सचेत हुनुपर्ने सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले बताउनुभयो । सचेतनामुलक कार्यक्रमले केहि हद सम्म भएपनि नागरिकहरुमा चेतना फैलाउँने उद्देश्य रहेको उहाँले बताउनुभयो । स्थानिय स्तरमा नागरिकहरुले लापरवार्ही गरेका कारण कोरोनाको जोखिम बढिरहेकोले जब सम्म सचेत भइदैन तबसम्म जोखिक कम नहुने प्रधानले औल्याउनुभयो । पहिलो चरणको प्रदेशका ६ जिल्लामा अभियान सुरु गरिएको र दोस्रो चरणमा पहाडका ६ जिल्लामा संचालन गरिने बताउनुभयो ।

    कपिलवस्तुको चन्द्रौटामा बिहिवार भएको कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले नागरिकको शान्ति सुरक्षा विशेष ध्यान दिएको बताउनुभयो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानि तहको पूर्ण साथ रहने बताउनुभयो । नगरले कोरोना विशेष अस्पताल तथा पिसिआरको परिक्षणको दायरा बढाएको बताउँदै नागरिकहरुले मास्क तथा साबुन पानीले हात धुनुपर्ने जोड दिनुभयो । सुरुमा समयमा कपिलवस्तुमा धेरै संक्रमित भटिएको भएपनि पछिल्लो समयमा भने कम रहेको उहाँले बताउनुभयो ।


    चन्द्रौटामा भएको कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक डा.राज्य खड्काले हात धुने तरिका,मास्कको प्रयोग बारे जानकारी दिनुभएको थियो । हात धुने तरिका थाहा नहुदाँ नागरिकहरुमा संक्रमण फैलिन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । विश्व हात धुने दिवशको अवशरमा संचालन गरिएको अभियानले नागरिकहरुलाई सचेतना गराउने विश्वास लिइएको छ ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६