अन्तर्राष्ट्रिय

अफगानिस्तानमा झण्डै ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट वञ्चित



काठमाण्डौ १८ कार्तिक । अफगानिस्तानमा झण्डै ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट वञ्चित भएका छन् ।पाँच वर्षमुनिका झण्डै दुई लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्ने तर तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका दादूरा लगायतका रोगविरुद्धको नियमित खोपबाट वञ्चित भएका सरकारको दाबी छ ।वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएका प्रान्तीय जनस्वास्थ्य निर्देशक नुर खवारीले जानकारी दिनुभएको छ ।

     उहाँका अनुसार तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको छ ।सरकारले ४० हजार बालबालिकालाई घर घरमा पुगी खोप दिने अभियान थालेको थियो तर यमगन, रघुस्तान, दारा-ए-खुस्तक, जुर्म र वारजुजका केही क्षेत्रमा खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । तालिवानका प्रवक्ता जाबिहुल्ला मुजाहिदले सरकारको दाबी आधारहीन रहेको र केही बालबालिकाका अभिभावक आफैँले खोप दिन अस्वीकार गरेको बताएको खबरमा उल्लेख छ ।अफगानिस्तानको सरकारले देशभरका ६१ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिन गरी अभियान चलाएको छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६