अन्तर्राष्ट्रिय

चुनावमा धाँधली भएको ट्रम्पको दाबि



काठमाण्डौ १९ कार्तिक । अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् ।‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने । साथै उनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको बताएका छन् । अमेरिकी राष्ट्रपति चुनावको परिणाम आउँदै गर्दा ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै निकै ठूलो धोका भएको बताएका हुन् । ‘यो हाम्रो देशको लागि लाजमर्दो कुरा हो’, ट्रम्पले भने, ‘चुनाव परिणामसँग लड्नको लागि सर्वोच्च अदालत जाने तयारीमा छौँ ।

’ट्रम्पले अघि थपे, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो मानिसहरुको मताधिकारसँग खेलवाड गरिरहेका छन् । टेक्सस, फ्लोरिडा, ओहायोमा हामीले चुनाव जितेका छौँ, उनीहरुलाई थाहा छ कि उनीहरु जित्न सक्दैनन्, त्यसैले यो विषयलाई सर्वोच्च अदालत लैजान चाहन्छन् ।’अहिले मतगणना भइरहँदा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६