अन्तर्राष्ट्रिय

अमेरीकी राष्ट्रपति वाइडेन बन्ने निश्चित यस्तो छ नतिजा



न्यूयोर्क २० कार्तिक । अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित भएको छ । ब्याटलग्राउण्ड राज्य मिसिगनमा  बाइडेनले जीत हात पारेका छन् । यो जीत संगै बाइडेनले राष्ट्रपति चुनाव जित्ने  भएका हुन । बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत पुगेको छ ।यस्तै नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

    उता बाइडेनले पेन्सिलभेनिया जितेमा २९० इलेक्टोरल मत प्राप्त हुनेछ । तर बाइडेनलाई चुनाव जित्न अब पेन्सिलभेनिया जित्न आवश्यक छैन । आफ्नै पकड रहेको नेभाडा जिते पुग्छ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ । उता नेभाडाबाहेक पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिना जित्दा पनि ट्रम्पले २७० इलेक्टोरल मत प्राप्त नगर्ने देखिएको छ ।। त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ ।

    त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ ।उता पेन्सिलभेनियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्नुपर्नेछ । त्यसैले अन्तिम घोषणा त्यतीबेलासम्म नहुने देखिएको छ । अहिले नर्थ क्यरोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।जर्जियाको मतगणना आजै समाप्त हुने अपेक्षा गरिएको छ । त्यहाँ ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६