अन्तर्राष्ट्रिय

आवासीय भिसा नवीकरण गर्न, प्रवेश भिसा भएकाहरु स्वदेश फर्कन कुवेत सरकारको अनुरोध



काठमाण्डौ २६ कार्तिक । तपाईँ कुवेतमा हुनुहुन्छ र आवासीय भिसा सकिएको छ ? यदि त्यसो हो भने तपाईँले नोेभेम्बर ३१ भित्र कि त आफ्नो आवासीय भिसा नवीकरण गरिसक्नुपर्छ कि भने स्वदेश फर्कनु पर्ने भएको छ ।आवासीय भिसा पाएका श्रमिकले भने आफ्नो भिसा नवीकरण गर्न सक्नेछन् । तर प्रवेश भिसामा कुवेत गएकाले भने ३० नोभेम्बरभित्र स्वदेश फर्कनु पर्नेछ । कुवेतको मन्त्रिपरिषदको निर्णय अनुसार अब कुवेतमा आवासीय भिसा भएका विदेशी नागरिकले नोभेम्बर ३० भित्र भिसा नवीकरण गर्न पाउनेछन् ।

 कोरोना महामारीको कारण आवासीय भिसा सकिएकालाई कुवेत सरकारले गएको अगष्ट ३१ सम्म तीन महिना र फेरि सेप्टेम्बर १ देखि ३० नोभेम्बरसम्म गरी ६ महिना भिसा थप गरिदिएको थियो । तर अब भने कुवतेको आन्तरिक मन्त्रालयले नयाँ नियम ल्याएको छ ।प्रवेश भिसा मात्र भएका श्रमिकले यो समयमा कुवेत नछाडेमा कानुनी रुपमा प्रश्न उठ्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसलै समयमै आफ्नो भिसाको प्रकृति अनुसार कुवेत सरकारले तोकेको नियम अनुसार आफ्नो भिसा नवीकरण गर्न वा स्वदेश फर्कन अनुरोध गरिएको छ ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६