दाङ २६ कार्तिक । ट्रकको ठक्करबाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन्।बुधबार बिहान करिब १० बजेदेखि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा सडक बन्द गरेपछि सयौं सवारी साधान सडकमै रोकिएका छन्।मृतकका आफन्तले दुर्घटनापछि मृतक तीनै जना किशोरको मुचुल्का नउठाई शव उठाएको तथा दुर्घटनामा परेको ट्रक पनि बुधबार बिहान लैजान खोजेको भन्दै चक्काजाम गरेका हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिँदै बन्द सडक खुलाउनेबारे छलफल थालिसकेको बताउनु भयो ।
२६ कार्तिक २०७७, बुधबार
प्रतिक्रिया